इन्डक्ल्यापमा रेनु दाहाल, भनिन्– विषयवस्तु मनपर्यो सिनेमा हेर्छु
काठमाडौं । चलचित्र ‘तेल भिसा’को इन्डक्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल उपस्थित भएकी छन् । उनले चितवनको भरतपुरमा सिनेमा छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिइन् ।
‘तेल भिसा’लाई सफलताको शुभकामना समेत दिएकी थिइन् । चलचित्रले उठाएको विषयवस्तु गहन भएकाले आफू यो सिनेमा हेर्न समेत उत्सुक भएको बताइन् ।
चलचित्र ‘तेल भिसा’को छायांकन ३५ दिनमा प्याकअप भएको छ । ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको सिनेमाको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएको हो ।
शंकर घिमिरे यो सिनेमाबाट १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । यसअघि उनले ‘विष’, ‘विरताको चिनो’, ‘ब्रेकफेल’, ‘तुलसी’लगायत सिनेमा निर्माण तथा निर्देशन गरेका थिए ।
‘तेल भिसा’मा अभिनेता विपिन कार्की दोहोरो भूमिकामा देखिएका छन् ।
सिनेमामा विपिनको जवान र बृद्ध गरी दुई फरक अवतार दर्शकले हेर्न पाउने छन् । मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा विपिनसँगै वर्षा राउत, ऋचा घिमिरे, पूजा लामा र बुद्धि तामाङको मुख्य भूमिका छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी छ ।
आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।