karsang
Close Me

निश्चलको इन्ट्री, बलियो बन्दै लाइनअप

काठमाडौं । निर्माण घोषणा गरिएको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् । चलचित्रको मुख्य भूमिकामा बस्नेतलाई अनुबन्धित गरिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिएका छन् ।

चलचित्रमा अनुवन्धित भएपछि कलाकार बस्नेतले फिल्मको कथावस्तु बलियो रहेकाले आफू काम गर्न तयार भएको बताए ।

खगेन्द्र लामिछाने यसअघि नै अनुबन्धित भइसकेका छन् । निश्चलको प्रवेशसँगै चलचित्रको लाइनअप बलियो बन्ने देखिएको छ ।

चलचित्रका लागि अझै चारजना कलाकारलाई मुख्य भूमिका अनुवन्धित गर्न बाँकी रहेको निर्देशक खनालले जानकारी दिए ।

चलचित्र साउनको २५ गतेबाट छायांकनमा जानेछ ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियएनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको कथा चर्चित लेखक बुद्धिसागरले लेखेका हुन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता छन् । युवराज कार्की फिल्मका कार्यकारी निर्माता हुन् ।

चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछन् । सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रलाई यसै वर्ष रिलिज गर्ने निर्माणपक्षको योजना छ ।