‘देवरा’ देखि ‘वार २’ सम्म यी फिल्ममा बलिउड र साउथका स्टारहरू एकसाथ देखिँदै

भारतीय चलचित्र क्षेत्रमा यतिबेला एकता देखिएको छ । दक्षिण र भारतीय सिनेमा क्षेत्र र बलिउड सिनेमा क्षेत्रको दूरी नजिकिएको छ।

पछिल्लो समय साउथ चलचित्रमा अहिले बलिउड स्टारहरुले काम गरेको देखिएको छ। हिन्दी सिनेमामा पनि साउथ स्टारको दबदबा देखिएको छ । यति मात्र होइन, अहिले हिन्दी बेल्टका फिल्मले साउथमा तरङ्ग मच्चाइरहेको छ भने साउथका फिल्मले पनि हिन्दी दर्शकको अत्याधिक साथ पाइरहेका छन् ।

आउनुहोस् साउथ र बलिउडका स्टारहरूको नाम जानौं जो आगामी सिनेमाहरूमा सँगै देखिनेछन्-

दक्षिण भारतीय सुपर स्टार जुनियर एनटीआरको ३०औँ सिनेमा ‘देवरा’ लाई लिएर फ्यानहरुको उत्साह उत्कर्षमा छ । यो सिनेमालाई कोरतला शिवले निर्देशन गर्दैछन् । बोनी कपुर र दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपुरले यही सिनेमाबाट साउथ डेब्यु गर्दैछिन् । यो नयाँ जोडीलाई सिल्वर स्क्रिनमा हेर्न दक्षिण र बलिउड दुवै सिनेमाका दर्शक आतुर छन् ।

आफ्नो ब्लकबस्टर सिनेमा ‘केजीएफ’ र ‘केजीएफ २’ को अपार सफलता पछि, साउथ सुपरस्टार यश यसको सिक्वेल ‘केजीएफ ३’ को लागि हेडलाइनमा छन्। रिपोर्टहरू विश्वास गर्ने हो भने पान इन्डिया स्टार यशले सन् २०२५ मा ‘केजीएफ ३’ को सुटिङ सुरु गर्नेछन् र यो सिनेमा सन् २०२६ मा हलमा रिलिज हुनेछ।

यदि रिपोर्टहरुको सत्यता हो भने ७० को अन्त्य र ८० को शुरुवात ‘केजीएफ ३’ मा देखाइनेछ। जसमा बलिउड स्टार रविना टण्डन र सञ्जय दत्त पनि देखिनेछन् ।

बलिउड अभिनेता सञ्जय कपूरकी छोरी शनाया कपूर पनि साउथ इन्डस्ट्रीमा देखिने तायारीमा छिन् । शनायाले साउथ अभिनेता मोहनलालको फिल्म ‘वृषभ’ बाट साउथ सिनेमामा डेब्यु गर्दैछिन् । शनाया कपूर चर्चित स्टारकिड्स मध्ये एक हुन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । शनायाका फ्यानहरु उनको डेब्युलाई लिएर निकै उत्साहित छन् ।

बलिउड अभिनेता ऋतिक रोशनको स्पाइ युनिभर्स सिनेमा ‘वार २’ घोषणा भएदेखि नै चर्चामा छ । फिल्मको घोषणा गर्दा ऋतिक रोशनसँगै साउथ सुपरस्टार जुनियर एनटीआर पनि देखिने बताइएको छ । ‘वार २’ जुनियर एनटीआरको डेब्यु सिनेमा हुनेछ । जुनियर एनटीआरलाई बलिउड सिनेमामा देखेर दक्षिण लगायत बलिउडका दर्शकहरु निकै उत्साहित छन् ।