यस्तो छ गायक प्रकाश तिमिलसिनाको मृत्युको कारण

काठमाडौं । गायक प्रकाश तिमिलसिनाको निधन हर्ट अर्याटकका कारण भएको बताइएको छ । हर्ट अट्याकका कारण उनको निधन भएको चिकित्सकले बताएका छन् ।

“मृत्यु हर्ट अर्टयाक र लिवर पूरै ड्यामेज भएको कारण भएको देखिएको छ,” चिकित्सकले भने, “त्यस्तै कोलस्टोरको मात्रा अधिक हुँदा त्यसले मुटुमा अर्टयाक भएको देखिन्छ ।”

प्रकाशको शनिबार साँझ निधन भएको थियो ।

विसं. २०४४ सालमा मोरङमा जन्मिएका प्रकाशको पाटन अस्पताल ललितपुरमा निधन भएको हो । घरमै अचेत अवस्थामा फेला परेपछि परिवारले उनलाई पाटन अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

गायन प्रतियोगिताबाट सांगीतिक क्षेत्रमा उदाएका प्रकाश पछिल्लो केही समयदेखि भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ…’, ‘हृदयभित्र…’, ‘कतिञ्जेल बस्नु सहेर पीडा…’, ‘तिमीलाई देखेर…’, ‘बल्लबल्ल भेटभको दिन…’, ‘खली…’लगायतका गीत हिट छन् ।