‘१२ गाउँ’ले लियो रिलिज डेट, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’सँग भिड्ने
काठमाडौं । चलचित्र ‘१२ गाउँ’ले रिलिज डेट घोषणा गरेको छ । आज पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो ।
यो सिनेमा दशैँको छेको पारेर असोज २४ गते आउनेछ । विराज भट्टको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘१२ गाउँ’को पोस्टरमा समीर भट्ट छन् । समीर बिराजका छोरा हुन् ।
यो सँगै असोज २४ गते तीनवटा नेपाली चलचित्र रिलिज हुने भएका छन् । ‘छक्का पञ्जा–५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ एकै दिन आउने भएका हुन् ।
‘१२ गाउँ’बाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् ।
चलचित्रमा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंगशाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।
विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री रकविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।
सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।
एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्वनिर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।
महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफियाफिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गर्नेछ ।
यो पनि पढ्नुहोस्:
‘ज्वाइँ साब’ले किन ‘छक्का पञ्जा’सँग भिड्न चाह्यो ?
मुकुन भाग्यमानी कि अभागी अभिनेता ?
‘लाज शरणम्’को मुख्य भूमिकामा धुर्मुसको प्रवेश
निताजी धेरै बिरालोले मुसा मार्दैन भन्ने त सुन्नु भएकै होला !