अमेरिकामा रचना, शान्तिश्री र ज्योति (फोटोफिचर)

काठमाडौं । गायिक रचना रिमाल, शान्ति श्री परियार र ज्योति मगरले अमेरिकाको बोस्टनका दर्शकलाई आफ्नो धुनमा नचाएका छन् । ‘अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपाले आयोजना गरेको कार्यक्रममा मोडलहरु करिष्मा ढकालले पनि दर्शकलाई नचाएको आयोजकले जनाएको छ ।

‘अब हाँस्छ अमेरिका’को सफलतापछि आयोजक फ्लाइ नेपाले अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना गरेको हो । तीज लक्षित कार्यक्रमको सुरुवात अमेरिकाको बोस्टनबाट शनिबार नेपालको राष्ट्रिय गानसँगै गरिएको थियो ।