लोकार्नो फिल्म फेस्टिभलमा नेपालले जित्यो उत्कृष्ट अभिनेत्रीको अवार्ड
काठमाडौं । लोकार्नो फिल्म फेस्टिभलमा नेपाली चलचित्रले उत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड जितेको छ ।
स्वीटजरल्यान्डमा आयोजित ७७ औं फेस्टिभलमा ‘साम्बाला’बाट अभिनेत्री थिन्ले ल्हामोले ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी हुन् ।
प्रेस विज्ञप्ति !
लोकार्नो फिल्म फेस्टिभलमा नेपाली कलाकार थिन्ले ल्हामोलाई उत्कृष्ट अवार्ड !!! अगस्ट १६, २०२४, स्वीजरल्याण्ड मीनवहादुर भामद्धारा निर्देशित नेपाली फिल्म साम्बालामा मुख्य पात्रको भूमिकामा अभिनय गरेकी कलाकार थिन्ले ल्हामोले स्वीजरल्याण्डमा आयोजित ७७ औं लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभियानका लागि प्रतिष्ठित “बोक्कालिनो डिओर” अवार्ड जितेकी छन् ।
साम्बाला फिल्मको मुुख्य कलाकार थिन्लेले प्रतिष्ठित अवार्ड जितेको घोषणा गर्न पाउँदा हामी निकै रोमाञ्चित र गौरवान्भित भएका छौं । दक्षिण एसियाली कलाकारले पहिलो पटक यस प्रकारको सम्मान र ऐतिहासिक सफलता हासिल गरेका हुन् । साम्बालामा थिन्लेले बहुपति प्रथा अनुुसार विवाह गरेकी डोल्पाली महिला पेमाको प्रतिनिधित्व गर्दै अभियान गरेकी थिइन् । जसमा ती महिला पात्रले हिमाली क्षेत्रको संघर्षपूर्ण जीवनयापन अन्त्य गर्दै जीवनमा नयाँ खोज र स्वतन्त्रताका लागि गरेकोे जोखिमयुुक्त यात्रा गरेकी छन् ।
साम्बाला फिल्म टीम कलाकार थिन्ले र समग्र टीमलाई यस उदाहरणीय सफलताका लागि हार्दिक बधाई र आभार प्रकट गर्न चाहान्छ । यो अवार्ड जित्नु थिन्लेको उत्कृष्ट अभियानको सम्मान मात्र नभई नेपालका प्रतिभाशाली र उदीयमान कलाकारका लागि समेत प्रेरणा प्रदान गर्ने महत्वपूर्ण क्षण हो । साथै, यो अवार्ड नेपाली कलाकारले जित्नुुको अर्थ फिल्मको विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रुपमा लिन सकिने विश्वास हामीले गरेका छौं ।
यो सफलता हामी नेपालका फिल्मकर्मी, हिमाली क्षेत्रका प्रेरणादायी, सवल र उर्जाशील महिला र विश्व समुुदायप्रति समर्पण गर्न चाहान्छौं । तपाईको निरन्तरको सहयोगप्रति हामी आभारी छौं ।
टिम साम्बाला ।