‘द रेड सुटकेस’ले जित्यो ‘बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’ अवार्ड
१ भाद्र २०८१, शनिबार
काठमाडौं । फिडेल देबकोटा निर्देशित नेपाली चलचित्र ‘द रेड सुटकेस’ले अष्ट्रेलियाको मेलबर्नमा अवार्ड जितेको छ ।
‘इन्डियन फिल्म फेस्टिभल इन मेलबर्न’मा यो चलचित्रले बेस्ट फिल्मको अवार्ड प्राप्त गरेको निर्माणपक्षले जनाएको छ ।
तीन दिन चलेको फेस्टिभलको शुक्रबार भएको अवार्ड वितरण समारोहमा ‘द रेड सुटकेस’ले ‘बेस्ट फिल्म अफ सब कन्टिनेन्ट’ अवार्ड जितेको निर्माता रामकृष्ण पोखरेलले बताएका छन् ।
सिनेमामा फिडेल देवकोटाको नै लेखन छ । चलचित्रमा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडा लगायत कलाकार मुख्य भूमिकामा छन् ।
चलचित्रमा रामकृष्ण पोखरेल, फिडेल देवकोटा र शोभा थापाको लगानी छ ।
यो चलचित्र भेनिस फिल्म फेस्टिभलमा पनि छनोट भएको थियो ।