‘देवी’को ट्रेलरमा राजनीतिक प्रभाव र दबाब
काठमाडौं । चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा निर्मला पन्तको बलात्कार, हत्या र अनुसन्धानका घटना समेटेको देखिएको छ । चलचित्र निर्मला पन्तको घटनाका विषयमा बनेको छ ।
घटनाको अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव ट्रेलरमा देखिन्छ ।
क्राइम थ्रिलर जानरामा निर्माण भएको चलचित्रलाई सञ्जोग राईले निर्देशन गरेका छन् । चलचित्रको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् ।
चलचित्र भदौ २१ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा शिल्पा, गौरव, नाजिरसँगै टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का, विकास पन्तलगायतको अभिनय छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।
रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् ।
जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।