karsang
Close Me

बोर्डको अध्यक्षका लागि मन्त्रालयले बोलायो ६ प्रतिष्पर्धीलाई

काठमाडौं । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिने ६ जनालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्तर्वार्ताका लागि बोलाएको छ ।

सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले आवेदन दिने ६ जनालाई बुधबार र बिहीबारका लागि अन्तर्वार्ताका लागि मन्त्रालयलमा बोलाएको छ ।

अध्यक्ष पदमा दाबी गर्दै अर्जुन कुमार डंगोल, करिष्मा मानन्धर, दिनेशराज दाहाल, दीपा पाण्डे बस्नेत, प्रकाश भट्टराई र राजेश थापाले आवेदन दिएका छन् ।

भुवन केसीको कार्यकाल सकिएपछि साउन ९ गतेबाट बोर्डको अध्यक्ष पद रिक्त छ ।