अभिनेता विपिन कार्कीलाई मातृशोक
६ भाद्र २०८१, बिहीबार
अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । बिहीबार अभिनेताकी ७२ बर्सिया आमा सरस्वतीको निधन भएको हो।
विभिन्न दीर्घरोगबाट पीडित सरस्वतीको ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा बिहान ६ बजे निधन भएको अभिनेता कार्कीले जानकारी दिए ।
पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएपछि अभिनेताकी आमालाई चार दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।
आमा बिरामी भएपछि विपिनले केही दिन अघि फिल्म ‘ऊनको स्वीटर’को छायांकन बीचमै छाडेर काठमाडौं आएका थिए ।
विपिनकी आमा सरस्वतीको पार्थिव शरिरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।