‘एक्टर: टेक वान’को फर्स्ट लुक पोस्टर सार्वजनिक, प्रदीप खड्काको पाँच भिन्न रूप

कात्तिक १५ गतेदेखि लक्ष्मी पूजाको अवसर पारेर प्रदर्शन हुने चलचित्र ‘एक्टरस् टेक वान’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

बिहिबार सार्वजनिक गरिएको पोस्टरमा सिनेमाका मुख्य कलाकार प्रदीप खड्का फिचर्ड छन् । जहाँ उनका पाँच भिन्न रूप छन् ।

रोयल भिमसेनले डिजाइन गरेको पोस्टर हेर्दा प्रदीप घाइते रूप, नेपाली पोसाकमा रहेको रूप, पाइलटको पोसाकमा रहेको रूप, लामो कपालमा क्याजुल पोसाकमा रहेको रूप र हल्का जाडोमा स्वेटर लगाएको रूप गरि पाँच फरक अवतारमा देखिन्छन् ।

यी मध्ये टाउका र अनुहारभरी चोट लागेको तस्बिरले पोस्टरमा प्राथमिकता पाएको छ । जसमा उनको टाउकोमा ब्यान्डेज बाँधेको छ । हातमा प्लास्टर छ । जुन हात उनले काँधमा झुण्डाएका छन् । उभिनलाई बैशाखीको सहारा लिएका छन् । उसले उनी ठूलै दुर्घटना वा कुनै आक्रमणमा परेको संकेत गर्छ । यी मध्ये कुन लुकको क्यारेक्टरले फिल्ममा प्राथमिकता पाएको छ, त्यो भने प्रष्ट छैन ।

राजन भुसालको निर्देशन रहेको सिनेमामा प्रदीपसँगै दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डे, बादल भट्ट, प्रदीप कुमार चौधरी पीके, देवेन्द्र नेपाललगायत रहेका छन् । दिव्याको यो डेब्यु सिनेमा हो भने राज बल्लभको यो कमब्याक सिनेमा रहेको छ ।

अभिनेता खड्काले पहिलो पटक चलचित्रको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको यस सिनेमाका निर्माता थमन कुमारी भण्डारी हुन् ।

नरेन्द्र मैनालीले छायांकन गरेको सिनेमाका क्रेयटिभ प्रोडुसरमा मोती कार्की र लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन् ।

चलचित्रका लेखक आकाश बराल र राजन भुसाल हुन् ।  सिनेमा रोयल भिमसेन र सुजन श्रेष्ठको पब्लिसिटी तथा पोस्टर डिजाइन, शिशिर खाती र किरण थापा कोरियोग्राफी, अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ ।

मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको सिनेमामा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की सह निर्देशक रहेका छन् ।

यसैगरि सिनेमामा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मुक्ताङको कलर, सायल खानको पोट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नविन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर, विवेक खकुरेलको सोसल मिडिया म्यानेजर, सोसल मिडिया कन्सेप्ट राइटरमा ज्ञानु संगम खड्का, काव्य थापाको मेकअप, बसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन रहेको छ ।

यो सिनेमाको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ ।