‘नमेटिने घाउ’ र ‘सतीदेवी’ हलमा, चल्ला त ओलीको जादुको छडी ?
काठमाडौं । फ्राइडे रिलिजमा आज दुई नेपाली चलचित्र एकै दिन प्रदर्शनमा आएका छन् । लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ र रमित ढुंगाना ‘नमेटिने घाउ’ एकै दिन प्रदर्शनमा आएका छन् ।
समाजमा छोरीमात्र जन्मिनुलाई अभिसापका रुपमा हेर्ने नेपाली समाजको मनोविज्ञानको कथा यो चलचित्रले भन्ने प्रयास गरेको छ ।
‘सतीदेवी’को मुख्य भूमिकामा मलिका महत छिन् । मलिकासँगै सन्दीपबाबु लोहोनी रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको पनि अभिनय छ ।
निर्देशक सुवेदी स्वयंको लेखन रहेको सिनेमाको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।
‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित चलचित्र हो । यसमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा लेखेका छन् ।
‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, नेता देवेन्द्र पौडेलले पनि अभिनय गरेका छन् ।
चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखकलगायतको अभिनय छ ।