karsang
Close Me

‘लाज शरणम्’मा हरिष निरौला अनुबन्धित

काठमाडौं । ‘सक्किगोनि’ टिमले निर्माण गर्ने चलचित्र ‘लाज शरणम्’को कलाकार छनोट र प्रि–प्रोडक्सनको काम भइरहेको छ । सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने देखिएको छ ।

गत साउनमा सिनेमाका लेखक तथा निर्देशक कुमार कट्टेलको जन्मदिनको अवसरमा औपचारिक निर्माण घोषणा गर्दा सिनेमामा ‘सक्किगोनि’ टिमबाट सागर लम्साल, अर्जुन घिमिरे र कमलमणि नेपालको अभिनय रहने जानकारी दिइएको थियो ।

आफ्नो टिम बाहिरबाट मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बूको अभिनय रहने फाइनल थिए । बाँकी कलाकारको जानकारी विस्तारै दिने बताइएको थियो ।

त्यससँगै सिनेमामा निर्माण टिमले एकपछि अर्को कलाकार अनुबन्धित गर्दै गइरहेको छ । अहिलेसम्म सिनेमामा रामभजन कामत, बबिन राई, प्रियना आचार्य, ‘सक्किगोनि’ टिमबाट र बाहिरबाट अभिनेता महेश त्रिपाठी र अभिनेत्री रेनु नाथ योगी अनुबन्धित भैसकेका छन् ।

यसैबीच, सिनेमामा हरिष निरौला अनुबन्धित भएका छन् । निर्माण टिमले बिहीबार सिनेमा कक्रोजको पनि अभिनय रहने जानकारी दिएको हो । आगामी भदौ तेस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा फागुन १४ गते महाशिवरात्रीको अवसरमा नेपालभरका सिनेमा हलमा रिलिज हुनेछ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण हुने सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह–निर्माताको रुपमा रहेका छन् ।