‘लण्डन टू पेरिस’को ट्रेलरमा त्रिकोणात्मक प्रेमसम्बन्ध
राष्ट्रिय अवार्ड प्राप्त निर्देशक घनश्याम लामिछाने निर्देशित ट्राभल लभस्टोरीको कथा पेस गर्ने फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ ।
जेष्ठ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको सार्वजनिक तीन मिनेट लामो ट्रेलरमा फिल्मका नायक निश्चल खड्काको नायिका साम्राज्ञी आरएल शाह र नायिका गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेमको द्वन्द्व देखाइएको छ । फिल्ममा अर्का नायक कविर खड्कालाई साथीका रुपमा प्रस्तुत गरिएको छ । निश्चल र गरिमाले यही फिल्मबाट डेब्यू गरेका हुन् ।
रोम कम ड्रामाको यात्रामय आधुनिक प्रेमकथा रहेको फिल्मको ट्रेलर हेर्दा साम्राज्ञीबाट धोका पाएपछि फिल्मका नायक निश्चलले कवीरकै सल्लाहमा गरिमासँग प्रेम गरेको बुझ्न सकिन्छ । साम्राज्ञी, निश्चल, कविर र गरिमाका अलवा फिल्ममा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद छ । फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् । सनिश खकुरेल र अजित केआर थापा सह-निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन् ।
फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् ।
यस फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले नेपालभर वितरण गर्नेछन् । निर्देशक लामिछानेले विं.सं. २०७५ सालमा राष्ट्रिय अवार्ड प्राप्त गरेका थिए । उनले यस अघि सामाजिक विषयवस्तुमा ‘अग्नीदहन’, ‘धौली’ र ‘चित्रा’ फिल्मको पनि निर्देशन गरेका छन् ।