अरुको आलोचना गर्नुभन्दा आफ्नै सिनेमाको प्रचार गर्न दीपकले कसलाई दिए सुझाव ?

काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीले कडा व्यङ्ग्य गरेका छन् । यद्यपि, उनले कसलाई व्यङ्ग्य गरेका हुन्, त्यो भने स्पष्ट पारेका छैनन् ।

राजनीतिमा साइबर सेना प्रयोग गरिएजस्तै चलचित्र क्षेत्रमा पनि त्यो प्रष्टै देखिएको उनले बताएका छन् । उनले अरुलाई गाली गर्नुभन्दा पनि आफ्नै प्रचार गरे उत्तम हुने बताएका छन् ।

यसको अर्थ उनले अरुलाई गाली गर्नु र आलोचना गर्नुभन्दा पनि आफ्नै सिनेमाको प्रचार गर्न सुझाव दिएका छन् ।

“राजनीतिमा साइबर सेना त सुनेकै हो, अब चलचित्र क्षेत्रमा पनि आएछ,” दीपक सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “तर ती सेनाका सेनापतिले आफ्ना सेनालाई अरूलाइ गाली गर्नुभन्दा आफ्नै प्रचार मात्रै गर्न लगाए हुने ।”

असोज २४ गते दीपकराज गिरीको चलचित्र ‘छक्का पञ्जा–५’ रिलिज हुँदैछ । सोही दिन ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ पनि रिलिज हुँदैछ ।

एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज हुनेपछि एकले अर्कोलाई सकेसम्म प्रत्यक्ष तथा परोक्ष रूपमा आलोचना गर्दै आएका छन् ।

आफू प्रत्यक्ष नदेखिएर आफ्ना छेउछाउका चलचित्रकर्मी तथा वितरकमार्फत आलोचना गर्न थालेपछि दीपकले यस्तो सुझावसहितको व्यङ्य गरेका हुन् ।

यो पनि पढ्नुहोस्

‘छक्का पञ्जा–५’ कसलाई झापड हान्दै हो, सरकारी कर्मचारीलाई ?

केदार जी ! जितुसँग ‘कन्फ्लिक्ट’ छैन भने वार्ता चाहिँ किन ?

‘ज्वाइँ साब’ले किन ‘छक्का पञ्जा’सँग भिड्न चाह्यो ?

‘छक्का पञ्जा-५’को गीतमा ज्योति मगरको यस्तो आपत्ति

सिनेमा जुधाएर निर्मातालाई घर न घाटको नबनाऊ

बिहे भाको छैन…’मा के छ, के छैन ?