चलचित्र ‘सानो संसार’को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत सर्वाजनिक गरिएको हो ।
संगीतकार राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । मेलिना राई र संगीतकार सिवाकोटीको स्वर छ । विवाहको सेटअपमा तयार पारिएको सिनेमाको सार्वजनिक गीतमा सिनेमाका प्रायः सवै मुख्य कलाकारहरु फिचर्ड छन् ।
शरद महतोले खिचेको सार्वजनिक गीतको भिडियोमा सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी छ ।
पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमामा सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छ । सीतासँगै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कुमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले सिनेमालाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।
सिद्धार्थ पुडासैनीले सिनेमालाई निर्देशन गरेका हुन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् ।