तस्बिरमा नेपाल फेसन फेस्टिभल

काठमाडौं । नेपाल फेसन फेस्टिभल आज समापन भएको छ । फेसन नेटवर्क नेपालले शुक्रबरदेखि आयोजना गरेको फेस्टिभल आज सकिएको हो । फेसन नेटवर्क नेपालले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरिरहेको नेपाल फेसन फेस्टिभल फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारको सुपरिवेक्षण तथा नेतृत्वमा फेस्टिभल भएको हो ।

आयोजक फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारले लामो समयपछि नेपालमै पहिलो पटक नेपाल फेसन फेस्टिभल आयोजना गर्न सफल भएको बताएका थिए । निर्देशक ताम्राकारले नेपालको फेसन जगतलाई फेसन उद्योगमा परिवर्तन, यो क्षेत्रमा आवद्ध सम्पूर्ण व्यक्ति, संस्था र उद्यमीहरूलाई एकै ठाउँमा भेला पार्न, यो क्षेत्रका उपलब्धिबारे जानकारी गराउन तथा सरकारलाई नेपाल फेसन काउन्सिलको स्थापना गराउन माग गर्न फेस्टिभल आयोजना गरिएको उनले बताएका थिए ।

तस्विरहरुः राज थापा