पौराणिक एक्सन थ्रिलर चलचित्र ‘डिएनए’ घोषणा

काठमाडौं । चलचित्र निर्माण कम्पनी फोनिक फ्लिकको ब्यानरमा पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म ‘डिएनए’ को घोषणा गरिएको छ । निर्देशक चानस पुन मगरका अनुसार यो फिल्म पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित थ्रिलर हुनेछ, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिनेछन् ।
‘डिएनए’लाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन् ।
फिल्मको छायांकन आउँदो फागुनमा सुरु गर्ने योजना छ। पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई रोमाञ्चक यात्रामा लैजाने अपेक्षा गरेको अर्का निर्देशक मणि रत्न त्रिपाठीले बताए ।