‘साम्बाला’को प्रिमियरमा अनुराग र नवाजुद्दिन आउँदै
१८ भाद्र २०८१, मंगलवार
काठमाडौं । चलचित्र ‘साम्बाला’को प्रिमियरमा बलिउड निर्देशक अनुराग कश्यप र कलाकार नवाजुद्दिन सिद्दिकी नेपाल आउने भएका छन् । ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन उनीहरू भदौ २२ गते काठमाडौंमा आइपुग्ने छन् ।
‘साम्बाला’ भदौ २३ गते काठमाडौंमा प्रिमियर हुने भएको छ । उनीहरूलाई विशेष अतिथिका रूपमा बोलाइएको निर्देशक मीन भामले जनाएका छन् ।
‘साम्बाला’ भदौ २८ देखि नेपालमा रिलिज हुनेछ । चलचित्रको मुख्य भूमिकामा थिन्ले ल्हामो, कर्मालगायत कलाकार छन् ।