‘साम्बाला’को प्रिमियरमा सहभागी हुन अनुराग र नवाजुद्दिन काठमाडौंमा
२२ भाद्र २०८१, शनिबार
काठमाडौं । बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दिकी नेपाल आएका छन् । अनुराग आज साँझ र नवाजुद्दिन दिउँसो काठमाडौं आइपुगेका हुन् ।
मीन भाम निर्देशित चलचित्र ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन उनीहरू काठमाडौं आइपुगेका हुन् । भोलि काठमाडौंमा ‘साम्बाला’को प्रिमियर हुँदैछ । प्रिमियरकमा उनीहरू विशेष अतिथिका रूपमा सहभागी हुनेछन् ।
भदौ २८ देखि रिलिज हुने चलचित्र ‘साम्बाला’मा थिन्ले ल्हामो, कर्मालगायत कलाकार मुख्य भूमिकामा छन् ।