फिल्म नचलेपछि हसाउनु पर्या छ !
काठमाडाैं । अभिनेत्री नम्रता सापकोटाले आफ्नो फिल्मी करिअरमा एक दशक पूरा गरेकी छिन् । यो अवधिमा उनले दर्जनौं चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् तर उनलाई स्टारडम र विशेष सफलता भने प्राप्त भएन ।
नम्रताको करिअरको सबैभन्दा ठूलो हिट सिनेमा ‘छक्का पञ्जा’ नै हो, जहाँ उनले सहायक भूमिकामा अभिनय गरेकी थिइन् । यस सिनेमाले उनलाई दर्शकमाझ चिनाएको भएपनि भए पनि सोलो नायिकाका रूपमा उनका अन्य चलचित्रले त्यो स्तरको सफलता दिलाउन सकेनन् । उनले खेलेका फिल्महरूको प्रायः कमाई र समीक्षात्मक प्रतिक्रिया दुबै कमजोर रहे ।
फिल्मी करिअर अपेक्षाकृत सफलता नपाएपछि अभिनेत्री नम्रताले नयाँ दिशा रोजेकी छिन् । उनले यस यात्रालाई केवल करियरको अर्को मोड मात्र नभएर आफ्नो पहिचानको पुन: परिभाषा गर्ने अवसरको रूपमा लिएकी छन् ।
हालै कमेडी रियालिटी शो ‘कमेडी दरबार’ मार्फत दर्शकलाई हास्यव्यंग्य मनोरञ्जन प्रदान गर्ने निर्णयमा पुगेकी नम्रताले आफ्नो असफल करिअरलाई नै हसाउने माध्यम बनाउँदै धेरै फिल्महरू हलमा रिलिज भए पनि दर्शक हलसम्म नआएको अनुभव सुनाउँदै हसाउने प्रयास गरिन् ।
सापकोटाले उक्त रियालिटी शो कार्यक्रममा आफ्नो फिल्मी करियरको असफलतालाई आत्मसात गर्दै ददर्शक आफ्ना फिल्महेर्न नआएको कुरा खुलेर स्विकारेकी छिन्। खेलको सन्दर्भ माथि गरिएको व्यांग्यमा उनले भनेकी छन्,’गोलको पोस्टमा मेरा फिल्मका पोस्टर लगाइदिनुस् बल कसरी छिर्छ, दर्शक त छिरेनन् ।’
फिल्ममा मेहनत र समय खर्च गरे पनि रिलिज पछि दर्शकहरूको अत्यन्तै न्यून उपस्थिति देख्दा निराश भएकी उनी दर्शकलाई त्यही अवस्थालाई कमेडीका माध्यमबाट हाँसोमा उतारी रहेकी छिन् भन्दा फरक नपर्ला । किनकि, उनको यो व्यंग्यले दर्शकलाई हँसाउँदै, एक प्रकारको वास्तविकता पनि व्यक्त गर्यो, जसले उनको फिल्मी यात्रा कस्तो कठिनाइमा गुज्रिरहेको छ भनेर देखाउँछ ।
कमेडी भनेको केवल हँसाउने कुरा होइन, यो धेरै गम्भीर काम हो। उनको असफलताको फिल्मी करिअर मजाकको विषय बनेको छ जहाँ कमेडीमा हँसिलो तरिकामा प्रस्तुत गर्न पाइरहेकी छन् । उनले आफ्नो प्रस्तुतीमा फिल्मी करिअरका बिभिन्न अंशलाई छेड्ने गरेको देखिन्छ ।
कमेडी विधा उनीका लागि केही हिसाबले बिल्कुल नयाँ भए पनि, उनी सहज रूपमा लिँदै अघि बढिरहेकी छन् । नम्रताको यो नयाँ कमेडी यात्रा निश्चय नै नेपाली मनोरञ्जन उद्योगमा एउटा रोचक मोडको रूपमा देखिएको छ । अब दर्शकले उनको कमेडी अवतारमा कत्तिको रुचाउनेछन् भन्ने कुरा भविष्यमा देखिनेछ ।