सुनील भन्छन्– मलाई विवादमा नपार्नुस्, निशाले गरिन् स्टाटस डिलिट
काठमाडौं । हलिउडको प्रसिद्ध सम्मान ‘वाक अफ फेम’ नपाएको पुष्टि भएपछि नाटक निर्देशक तथा अभिनेता सुनील पोखरेलले आफूलाई विवादमा नपार्न आग्रह गरेका छन् ।
“साथी हो, यो बेकारको हल्लाबाट मलाई मुक्त गरिदिनुहोस् । म यसमा संलग्न छैन । यस्ता हावा कुरामा मलाई विश्वास पनि छैन,” सुनीलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
पोखरेलले ‘वाक अफ फेम’ सम्मान पाएको भन्दै उनकी श्रीमतीसमेत रहेकी नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति तथा वरिष्ठ नाट्यकर्मी निशा शर्माले सामाजिक सञ्जालमा लेखेपछि यसकै आधारमा सञ्चारमाध्यममा समाचार आएको थियो ।
तर, पोखरलले उक्त सम्मान नपाएको पुष्टि भएपछि नकारात्मक टिकाटिप्पणी भएपछि उनले विवादमा नपार्न आग्रह गरेका छन् ।
यता, उक्त सम्मान पोखरेलले पाएको भन्दै बधाई दिँदै स्टाटस लेख्ने निशाले साँझ उनलाई खबर गर्ने व्यक्तिसँगको च्याट नै फेसबुकमा राखेकी थिइन् । तर अहिले उनले ती दुवै स्टाटस डिलिट गरिसकेकी छन् ।