karsang
Close Me

डेढ दर्जन हललाई बोर्डले काट्यो पत्र (हलकाे सूचीसहित)

काठमाडौं । चलचित्र विकास बोर्डले विकास शुल्क नतिर्ने डेढ दर्जन सिनेमा घरलाई पत्राचार काटेको छ । काठमाडौं उपत्यका बाहिरका १९ हललाई तत्काल विकास शूल्क तिर्न बोर्डले पत्राचार गरेको हो ।

बोर्डका प्रवक्ता केएल बुढाथोकीले लामो समयदेखि विकास शुल्क नतिर्ने र बक्सअफिस जडान नगर्ने सिनेमा हललाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

उनका अनुसार महेन्द्रनगरको सेती महाकाली टाकिज, सिरहाको बुद्ध सिनेमा, परासीको म्याङ्गो प्लेजर, लमजुङको अन्नपूर्ण चलचित्र मन्दिर, मलगंवाको पुष्प टाकिज, विराटनगरको विराट सिनेमा, धनकुटाको सीबी सिनेमा, हेटौँडाको नारायणी मल आचार्य प्लाजा, बुटवलको ब्लुमुन इन्टरटेनमेन्ट, जनकपुरको आशा चलचित्र मन्दिर, जोशी टाकिज कैलाली, नुवाकोटको जगदम्बा चलचित्र मन्दिर, हेटौँडाको ओमेक्स चलचित्र मन्दिर, दाङको भीएफएक्स सिनेमाज् प्रालि, पोखराको हिमाज जादुज, बुटवलको द्वारिका उदय सिनेमा, वीरगञ्जको बजरंगी पिक्चर्स र विराटनगरको हिमालय टाकिजलाई बोर्डेले पत्र काटेको हो ।