karsang
Close Me

‘रुकुम मैकोट’ गीतमा धिरजसँगै पूर्व उपराष्ट्रपति पुनको नृत्य

काठमाडौं । संविधान दिवसको अवसरमा असोज ३ गते रिलिज हुन लागेको चलचित्र ‘खुस्मा’का मुख्य कलाकार धिरज मगर प्रचारमा जुटिरहेका छन्। शनिबार उनले नेपाल मगर साँस्कृतिक संघले आयोजना गरेको खुल्ला मौलिक कौराह (कानराहा) नृत्य प्रतियोगितामा सहभागिता जनाए।

कार्यक्रममा प्रमुख अतिथि पूर्व उपराष्ट्रपति नन्द किशोर पुन पनि उपस्थित थिए। कार्यक्रममा अभिनेता मगरले सिनेमाको ‘रुकुम मैकोट’ गीतमा नृत्य प्रस्तुत गरेका थिए, जहाँ पूर्व उपराष्ट्रपति पुनले समेत नृत्य गरेका थिए ।

उक्त कार्यक्रममा पूर्व उपराष्ट्रपति पुनले अभिनेता मगरलाई मगर साँस्कृतिक संघको पगरी लगाइदिएर शुभकामना व्यक्त गरे। पुनले रुकुमको तकसेरामा जन्मेको मगरको छोरो जो युकेमा हुर्केर नेपाल फर्केर मगर संस्कृतिलाई सिनेमाबाट विश्वलाई चिनाउन लागि परेको भन्दै आफुले समय मिलाएर ‘खुस्मा’ हेर्ने प्रतिवद्धता पनि जनाए।

चलचित्रमा धिरजसँग उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको छ भने लेखन तथा निर्देशक अशोक थापा मगरले यस चलचित्रलाई जनयुद्धको परिवेशमा अंकुरिएको प्रेमकथामा आधारित बनाएर प्रस्तुत गरेका छन्। सिनेमाका सार्वजनिक गीत र ट्रेलर दर्शकले रुचाएका छन् ।

चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमाको वितरण गर्ने जिम्मा गोविन्द शाहीको काफिया फिल्मस्ले लिएको छ ।

‘खुस्मा’को रुकुम मैकोटको पेलानमा ‘१२ गाउँ’को सिनेमा हेर्न जाउँ

‘खुस्मा’को गीत र टिजरपछि विदेशमा माग बढ्यो, जापान र कोरियामा प्रदर्शनको तयारी

‘खुस्मा’को गीत ट्रेन्डिङमा आउँदा चलचित्र हिट हुन्छ ?