त्रिकोणात्मक डेब्युको संयोगले बनेकाे ‘माया’

काठमाडौं । सविन श्रेष्ठको गीत ‘माया’मा डेब्युको संयोगै संयोग बनेको छ । त्रिकोणात्मक संयोगले गीत ‘माया’ निर्माण भएको हो ।

गीतको शब्द, संगीत र स्वरलाई एउटा डेब्युको संयोग मान्ने हो भने बाँकी भिडियो निर्देशन र अभिनयमा पनि डेब्युकै संयोग परेको छ ।

गीतमा शब्दरचना, संगीत र स्वर सविनको छ । उनको रचना, स्वर र संगीत नै पहिलो पटक हो ।

दिमेश श्रेष्ठले यो गीतको भिडियो निर्देशन गरेका छन् । सिनेमा निर्मातासमेत रहेका दिमेशले पनि पहिलो पटक भिडियो निर्देशन गरेका हुन् । उनले सिनेमाको निर्देशन विधामा अध्ययन गरेका छन् ।

यो गीतको भिडियोमा अभिनय गर्ने कलाकारको पनि यो पहिलो अभिनय हो । विकेश श्रेष्ठ र प्रविना वाइबा फिचर्ड छन् । भिडियोमा अभिनय गर्ने श्रेष्ठ र वाइबा दुवैको यो डेब्यु अभिनय हो । त्यसैले यो गीतमा डेब्युको त्रिकोणात्मक संयोग मिलेको छ ।

गीतरचना, संगीत र गायनलाई पनि छुट्टाछुट्टै डेब्यु मान्ने हो भने त यो गीतमा चाँचवटा विधामा डेब्युको संयोग छ ।

“हामी धेरैजसोले पहिलोपटक काम गरेका छौँ । गायनका तीनवटै विधा र निर्देशन र अभिनयमा हामी जोजति छौँ सबैले पहिलोपटक काम गरेका हौँ,” निर्देशक दिमेशले भने, “त्यसैले डेब्युको संयोगका बीच पनि हामीले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेका छौँ ।” उनले गीत र भिडियो दुवैबाट राम्रो प्रतिक्रिया पनि पाइरहेको बताए ।

गीतको प्राविधिक पक्षमा भने अनुभवी र काम गरिरहेका प्राविधिकले काम गरेका छन् ।

भिडियोमा प्रेमको अनुभूति, आग्रह, प्रतिबद्धता, सुखद सुन्दर भविस्य गीतमा उल्लेख छ ।

प्रेम, समर्पण र वियोगका काल्पनिक कथासँगै केही सत्यताको नजिक रहेर गीत बनेको निर्देशक श्रेष्ठले बताएका छन् ।https://www.youtube.com/watch?v=IfjXr3mFhIk