ब्रेकअपपछि पनि निरन्तर सहकार्यमा सौगात र सृष्टि

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअपपछि पनि उनीहरूबीचको सहकार्यले निरन्तरता पाइरहेको छ। हालै मात्र चलचित्र ‘भाइरल गोर्खे’मा सँगै काम गरेका यी दुईले अब अर्को सिनेमा ‘विनोद’मा पनि सहकार्य गर्ने भएका छन्।

‘विनोद’ मा सौगातको प्रमुख भूमिका रहने जानकारी दिँदै सार्वजनिक गरिएको एआई-जेनेरेटेड पोस्टरलाई सृष्टिले समेत आफ्नो सामाजिक सञ्जालमार्फत् सेयर गरेकी छन्। सिनेमाको छायांकन आगामी मङ्सिरमा हुने तय गरिएको छ।

सौगात मल्ल हाल चलचित्र ‘पिताम्बर’ को छायांकनमा व्यस्त रहेका छन्। ‘विनोद’ अगाडि उनले ‘बलिदान’ र ‘कल्ली’ को छायांकन सक्नेछन्।

फिल्म उद्योगमा ब्रेकअपपछि पनि पेशागत सहकार्यलाई निरन्तरता दिँदै आएका यी दुई कलाकारको यो नयाँ सहकार्यलाई दर्शकले कस्तो प्रतिक्रिया दिनेछन् भन्ने चासोको विषय बनेको छ।

यो सिनेमा बागमती नदीसँग जोडेर तराई र पहाडको संगम स्थलमा छायांकन गर्न लागिएको छ ।

‘विनोद’मा सौगात र सृष्टिका साथमा प्रकाश घिमिरे, प्रवीण खतिवडा, दिव्य देव लगायको पनि अभिनय रहनेछ भने केही स्थापित कलाकारको केमियो पनि रहने निर्माण पक्षले जनाएको छ । यो चलचित्र सन् २०२५ मा रिलिज हुने भनिएको छ।