चलचित्र ‘खुस्मा’को ‘रुकुम मैकोट’ ग्लोबल ट्रेन्डिङको ७३ नम्बरमा
काठमाडौं । चलचित्र ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ ग्लोबल ट्रेन्डिङमा प्रवेश गरेको छ । ‘रुकुम मैकोट’ बोलको गीत ग्लोबल ट्रेन्डिङको ७३ नम्बरमा पुगेको हो ।
एक करोड ३५ लाखभन्दा धेरै भ्युज बटुलेको गीत ग्लोबल ट्रेन्डिङमा परेको हो । उत्तिकै लोकप्रियता र भ्युज बटुलेको गीत युट्युबमा ट्रेन्डिङको एक नम्बरमा बसेको थियो । अहिले पनि यो गीत म्युजिक ट्रेन्डिङको एक नम्बरमा छ ।
गीतमा एसडी योगी र शान्तीश्री परियारको स्वर छ भने सुरेन्द्र रानाको शब्द छ । संगीत गायक एसडी योगी स्वयंको छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका छन् ।
चलचित्रको निर्मातामा वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दीपक बज्राचार्यको छायांकन छ ।
‘खुस्मा’को तीन दिनको ग्रसकलेक्सन २ करोड ५५ लाख
चलचित्रमा धिरज मगर, उपासना सिंह ठकुरीसँगै माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय रहेको छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।
सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गरेको छ ।