karsang
Close Me

मिसेस नेपाल वर्ल्डका २९ फाइनलिस्ट घोषणा

काठमाडौं । ‘मिसेस नेपाल वल्र्ड २०२४’मा २९ महिला भिड्ने भएका छन् । आयोजक रिवन इन्टरटेनमेन्टले राजधानीमा एक कार्यक्रमकबीच प्रतियोगी सार्वजनिक गर्दै स्यस समेत वितरण गरेको छ । समारोहमा स्पर्धामा सामेल महिलाहरुले आप्mनो परिचय दिए ।

विवाहित महिलाहरू सहभागी रहेको यो सौन्दर्य प्रतियोगितामा यसवर्ष डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, नर्सदेखि गृहणीसम्म छन् ।

जसमा प्रगति श्रेष्ठ, ज्योति शर्मा, सुशीला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ्ग, उषा किरण अधिकारी, सृजना व्यञ्जनकार, अम्बिका गौतम, सुयेशा राउत, साहारा तिमल्सिना आचार्य, बिनिता ढकाल, साहारा आचार्य तिमल्सिना, नानु सिंह, प्रगति अमात्य, सिर्जना श्रेष्ठ , संगीता गौतम, दीपतारा लुईटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिम्रन कार्की सक्सेना, सारा तामाङ, माया लामा, निर्मला कार्की , रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टि अर्याल, दीपा विश्वकर्मा लगायत छन् ।

कात्तिक १० गते ‘मिस नेपाल वर्ल्ड २०२४’को ग्राण्ड फिनाले आयोजना हुने आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले बताए ।

यो वर्ष विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वर्ल्डममा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।