तेल भिसा’को डविङ सुरु, के भन्छन् विपीन ?
काठमाडौं । अभिनेता विपीन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘तेल भिसा’को डविङ सुरु गरेका छन् । अबको केही दिनमा सिनेमाको सकिने अभिनेता कार्कीले बताए ।
निर्देशक शंकर घिमिरेले सिनेमाको अमेरिका छायांकन सिंक साउण्ड गरिएकाले नेपाल भागको मात्र डविङ गरिएको बताए । यसका साथै ‘तेल भिसा’ नामलाई व्यंग्यात्मक रुपमा उच्चारण गरिने हुँदा त्यसरी नै प्रस्तुत गरिएको हो भन्ने प्रश्नमा निर्देशक घिमिरेले विदेशमा बस्ने हरेक नेपालीको इमोसन जोडिएकाले त्यसलाई सुक्ष्म रुपमा अध्यन गरेर प्रस्तुत गरिएको बताए ।
अभिनेता कार्कीले सिनेमाको कथा नै उत्कृष्ट रहेकाले पनि दर्शकले एउटा राम्रो सिनेमा हेर्न पाउने दाबी गरेका छन् । निर्देशक घिमिरेका यसअघिका सिनेमा आफुले नहेरे पनि लामो समयपछि कमव्याक गरे पनि उत्कृष्ट काम गरेको अनुभव सुनाए ।
यसअघि आफूले विदेशमा छायांकन गरिने सिनेमा लुकेर खिचिने सुनेको भए पनि ‘तेल भिसा’ पूर्ण रुपमा अमेरिकन सरकारसँग अनुमति लिएर सुटिङ गरिएकाले नेपालमा छायांकन गर्दाको भन्दा फरक अनुभव भएको विपीनले बताए ।
करिब २० वर्षपछि नेपाली सिनेमामा कमव्याक गर्न लागेकी अभिनेत्री पुजा चन्दसँग काम गर्न पाएकोमा खुसी देखिए ।
निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा अभिनेता विपीन कार्कीको बृद्ध र जवानगरी दोहोरो भूमिका हेर्न पाइनेछ ।
सिनेमामा विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।