‘१२ गाउँ’को गीत ‘कसो कसो’ सार्वजनिक
काठमाडौं । असोज २४ गतेबाट रिलिज हुने चलचित्र ‘१२ गाउँ’को ‘कसो कसो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्दरचना सुवास चन्द्र भुषाल, निरज सिंहको संगीत र स्वर सुगम पोखरेल र सदीक्षा कट्टेलको छ ।
प्रेम भावको गीत बताउने समिर भट्ट र शोनु चन्द्रपाल फिचर्ड छन् ।
‘१२ गाउँ’बाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । सिनेमामा विराज भट्ट, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।
सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।
एक्सन–थ्रिलर कथामा बनेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।
महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ ।