अन्ततः प्रकाश दूतराजले युट्युबबाट हटाए ‘करिम’
गायक एवं सर्जक प्रकाश दूतराजले आफ्नो पछिल्लो गीत ‘करिम’ युट्युबबाट हटाएका छन्।
केही दिनअघि शान्तिश्री परियारसँगको स्वरमा ल्याएको सो गीत शुक्रबार युट्युबबाट हटाएका हुन्।
सो गीत सार्वजनिक भएको केही दिनमै भिडिओमा रहेका केही दृश्यलाई लिएर विवादित भएको थियो। प्रकाश स्वयंले समेत अभिनय गरेको भिडिओमा बादी समुदायका महिलाको पीडा र बाध्यतालाई उठान गरिएको थियो। भिडिओले नेपाली समाजलाई पुरानै स्थितिमा लिन खोजेको र बादीहरू जती पढे लेखे पनि देहव्यापारी हुन् भन्ने भाष्यलाई निरन्तरता दिन खोजेको भन्दै कतिपयले सामाजिक सञ्जालमा आलोचना भएको थियो।
गीतले बादी समुदायको स्वाभिमानमा ठेस पु¥याएको भन्दै हटाउन मागसहित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानमा समेत निवेदन परेको थियो। मौलिक सिर्जनामार्फत स्रोता दर्शकको मन जितिरहेका प्रकाश गीतलाई लिएर पहिलोपटक विवादमा तानिएका थिए।