सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना

काठमाडाैं । भारतका चर्चित सुपरस्टार अभिनेता रजनीकान्त अस्पतालमा भर्ना भएका छन् ।

मिडिया रिपोर्टका अनुसार उनलाई गएराती चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको हो। पेट दुखेको गुनासो गरेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।

केही भारतीय मिडियाहरूले भने रजनीकान्तलाई मुटुसँग सम्बन्धित समस्या देखिएको र आजै उनको मुटुको शल्यक्रिया गरिने सम्भावना रहेको बताएका छन् ।

पछिल्ला केही वर्षदेखि रजनीकान्तको स्वास्थ्यमा समय–समयमा समस्या देखिँदै आएको छ । सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण गरेपछि उनको स्वास्थ्य बिग्रिन थालेको थियो ।

उनको स्वास्थ्यमा आएको यो समस्याले उनका फ्यानहरू चिन्तित बनेका छन् । थप विवरणहरूका लागि प्रतीक्षा गरिएको छ ।