ऐतिहासिक शो पाएको ‘बेहुली फ्रम मेघौली’ आजबाट हलमा
काठमाडौं । ऐतिहासिक शो पाएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ आज रिलिज भएको छ । दसैँको घटस्थापनाको अवसर पारेर आजबाट यो चलचित्र रिलिज भएको हो । दसैँ बिदा पारेर आजबाट यो चलचित्र रिलिज भएको हो ।
‘बेहुली फ्रम मेघौली’ले नेपालमा अहिलेसम्मकै बढी ऐतिहासिक शो पाएको छ । वितरकहरूका अनुसार देशभरका हलमा ‘बेहुली फ्रम मेघौली’ले ३३५ भन्दा भन्दै धेरै शो पाएको छ । सिंगल थिएटर र मल्टिल्पेक्समा गरेर अहिलेसम्मकै धेरै ३३५ भन्दा धेरै शो पाएको हो । यसअघि कुनै पनि सिनेमाले यति धेरै शो पाएका थिएनन् ।
चलचित्रमास्वस्तिमा खड्का र निश्चल बस्नेत मुख्य भूमिकामा छन् । चलचित्रमा बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारीलगायतको पनि अभिनय रहेको छ ।
चलचित्रलाई सजन काफ्ले र आकाश बरालले निर्देशन गरेका छन् ।
चलचित्रले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र त्यसपछिको उत्पन्न परिस्थितिको कथा भनेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा अभिनेत्री स्वस्तिमा खड्का र निश्चल बस्नेत स्वयंको लगानी छ ।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी छ ।
जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डीसीएनले वितरण गरेका छन् ।