‘ज्वाइँ साब’को ट्रेलरमा अभाव, प्रेम, विवाह, पीडा र वियोग
काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक ट्रेलरमा पारिवारिक कथा समेटिएको छ । अभाव, प्रेम, विवाह, पीडा र वियोग ट्रेलरमा देखिएको छ ।
ट्रेलर चलचित्रका प्रमुख पात्र जितु नेपालको सेरोफेरोमा केन्द्रित छ । छोराको विवाह नगरेर बुवाले आफैं बिहे गरेपछि घट्ने घटना र कथा ट्रेलरमा देखाइएको छ ।
ट्रेलरमा नायिका निती शाहसँग विवाह गर्न तयार युवाले गरेको प्रतिष्पर्धा देखाइएको छ ।
असोज २४ गते फूलपातीको दिन रिलिज हुने चलचित्रको ट्रेलरमा चलचित्र कलाकारहरू जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायत कलाकारलाई स्थान दिइएको छ ।
राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।
रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन छ ।
सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।