राजेशपायल राईलाई आफ्नै गीतमा कपीराइट लागेपछि…
काठमाडौं । लोकप्रिय गायक राजेशपायल राईले आफ्नो गीतहरू अन्य डिजिटल प्लेटफर्ममा राखिएको भए तत्काल हटाउन आग्रह गरेका छन् ।
गायकले हालै आफ्नै अडियो प्लेटफर्ममा गीतहरू डाउनलोड गर्न खोज्दा आफूलाई कपीराइट लागेकाले यस्तो चेतावनी दिएका हुन् ।
राईले सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन्, “मेरो राइट्समा रहेका अधिकांश गीतहरू हालै मैले खोलेको अडियो प्ल्याटफर्ममार्फत डाउनलोड गर्न खोज्दा उल्टै मलाई कपीराइट लागेको सूचित गर्दछु ।”
यस्तै उनले अन्य प्लेटफर्महरूमा रहेका आफ्नो गीतहरू हटाउन चेतावनी दिंदै भनेका छन्, “तपाईंले राख्नुभएको मेरो गीतहरू तुरुन्त डिलेट गर्नुहोला, अन्यथा म कानूनको उपचारमा लाग्नेछु।”
गायक राईलाई एम्युज नामक संगीत वितरण कम्पनीको प्लाटफर्ममा कपिराइट लागेको हो । गीत अपलोड गर्न खोज्द नभैरहेको जानकारी दिएका छन् । एम्युजमा ४ वटा गीत राख्दा यस्तो समस्या भएको र गैरकानूनी तरिकाले हाल्नुपरेको उनको भनाइ छ ।