विराज र समीरको ‘१२ गाउँ’ले कति गर्यो कलेक्सन ?
काठमाडौं । चलचित्र ‘१२ गाउँ’ हाउसफूल शोसहित चलिरहेको छ । फूलपातीको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको सिनेमाका अधिकांश शो हाउसफू रहेका छन् ।
बिहीबार र शुक्रबार नै सिनेमाले पाएका अधिकांश शो हाउसफूल भएको वितरक र नर्माणपक्षको दाबी छ ।
आकर्षक ओपनिङसहित सिनेमाले दुई दिनमा राम्रो कलेक्सन गरेको बताए पनि वितरक र निर्माणपक्षले ग्रसकलेक्सन रकम भने सार्वजनिक गरेको छैन । बक्सअफिस रिपोर्ट आउनेक्रमै रहेको र देशभर बिहाज साढे ५ बजेदेखि राति अबेरसम्मको शो रहेकाले आधिकारिक रुममा रिपोर्ट आइनसकेको विरतक गोविन्द शाहीले बताएका छन् ।
उनले चाँडै नै ग्रसकलेक्सनको रिपोर्ट सार्वजनिक गर्ने बताए । सोचेजस्तै राम्रो कलेक्सन भइरहेको उनी बताउँछन् । हाइपअनुसारको कलेक्सन चलचित्रले गरिरहेको उनको भनाइ छ ।
विराज भट्टको निर्देशन रहेको चलचित्रमा समीर भट्ट मुख्य भूमिकामा छन् । समीरको यो डेब्यु मुभी छ । समीर र विराज नै चलचित्रको मुख्य भूमिकामा छन् ।
‘१२ गाउँ’मा विराज भट्ट र समीर भट्ट मुख्य भूमिकामा छन् । न्यान्सी खड्कासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।
विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ । एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।
महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ ।