खुसी लिएर आएको सडकले कसरी खोस्छ खुस्सी ? हेर्नूस् ‘गाउँ आएको बाटो’को ट्रेलर

काठमाडौं । चलचित्र ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले बिहीबार काठमाडौंका कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरले सिनेमाले कथा भन्ने प्रष्ट पारेको छ ।
ट्रेलरमा गाउँमा गाडी आउँदाको खुसी, त्यसले पारेको प्रभाव, परिवर्तन र त्यसको नकारात्मक असर समेटिएको छ । ट्रेलरले गाउँको एक विपन्न परिवारमा सडक यातायातको सुविधासँगै त्यसले पारेको प्रभावको कथा सिनेमाले भन्ने प्रष्ट पारेको छ ।

गाउँमा सडक यातायात आएसँगै त्यसले परम्परागत व्यवसायलाई कसरी विस्थापित गर्छ र त्यसले आम गरिव परिवारलाई कस्तो प्रभाव पार्छ भन्ने देखाएको छ ।

चित्रा तथा डोका बनेर त्यसलाई मुख्य पेसा गाडीको आवगमनसँगै विस्थापित भएको देखाएको ट्रेलरले खुसी लिएर आउने गाडीले कसरी दयाहाङको परिवारको खुसी खोस्छ त्यसलाई पनि देखाएको छ । सँगै पारिवारिक विछोड पनि ट्रेलरले देखाएको छ ।

नवीन सुब्बाको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रशन राईको मुख्य भूमिकामा छन् । चलचित्र जेठ २५ गतेबाट देश तथा विदेशमा एकै साथ प्रदर्शनमा आउँदैछ ।