‘पूर्णबहादुरको सारङ्गी’ले बक्सअफिसमा आफूलाई कहाँ उभ्याउला ?
काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर दर्शकले मन पराएका छन् । गन्दर्व समूदायको कथा भनेको ट्रेलरलाई दर्शकले मन पराएका हुन् ।
पुर्ख्यौली पेसा धानेर नेपाली संस्कार र संस्कृति बचाउँदा समाजले कसरी हेला गर्छ, माथि उठ्ने प्रयास गर्दा समाजका नवधनाढ्य तथा बुज्रुकहरूले नै कसरी दबाउने प्रत्यत्न गर्छन्, समाजसँग विद्रोह गर्नुभन्दा मौन बसेर जिन्दगीलाई दुःखकै सागरमा पूर्ववत् छोडिदिने अवस्थामा कसरी गन्दर्भ समुदायका अभिभावक पुग्छन् भन्ने कथा ‘पूर्णबहादुरको सारङ्गी’ले भन्ने संकेत ट्रेलरले देखाएको छ ।
इमान्दारितापूर्वक कथा भन्ने प्रयास सिनेमाले गरेको देखिँदा यसले दर्शकको ध्यान खिच्न सफल भएको हो । दर्शकको ध्यान टिजर, ट्रेलर, गीत र त्यसअघि यसको मोसन पोस्टरले नै खिचिसकेको थियो ।
यो चलचित्र रिलिज हुँदैछ, तिहारको लामो बिदा पारेर कात्तिक १५ गते । सरोज पौडेलले निर्देशन गरेको चलचित्रको कथाले दर्शकको मन जित्ने अहिलेसम्मका यसका कन्टेनले देखाएको छ ।
यसका गीत र ट्रेलरमा आएको दर्शकको प्रतिक्रिया युट्युबमा हेर्दा पनि यसले राम्रो ब्यापार गर्ने पूर्वानुमान लगाउन सकिन्छ ।
पछिल्ला केही महिनालाई हेर्ने हो भने पनि दर्शकले कुनै एक विधाको सिनेमा मन पराएका छैनन् । सोसल लभस्टोरी जनराका सिनेमा ‘घर ज्वाइँ’ र ‘खुस्मा’ मन पराए । सामाजिक विषयमा कमेडीको तड्का मिसिएको ‘छक्का पञ्जा–५’ मन पराए । एक्सन सिनेमा ‘१२ गाउँ’ पनि दर्शकको रोजाइमा पर्यो ।
यसले अब आउँदै गरेको सोसल ड्रामा ‘पूर्ण बहादुरको सारङ्गी’ पनि मन पराउने सहजै आंकलन गर्न सकिन्छ । जुन यसमा कन्टेनले पनि पुष्टि गरिसकेको छ ।
‘पूर्णबहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसमा आफूलाई कति अब्बल प्रमाणित गर्ला ? समीक्षा कस्तो पाउला, दर्शकको रिभ्यु कस्तो आउला त्यो भने हेर्न बाँकी नै छ । यसैले यसको ब्यापार पनि निर्धारण गर्नेछ ।
सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् ।
निर्माता बिनोद पौडेल, प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
प्रकाश सपूतले ‘पूर्ण बहादुरको सारङ्गी’को टिमलाई यसरी गरे गाली, पब्लिसिटीमा नहिँड्ने
भुइँमान्छेको कथा भन्दै ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक
प्रकाश सपूतलाई डर लाग्या हो आफैले अभिनय गरेका चलचित्रका प्रचार सामग्रीबाट ?
प्रकाश सपूत आफ्नै चलचित्रको कार्यक्रममा किन उपस्थित भएनन् ?