‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश-मुकुनदेखि विजय र बुद्धिसम्म

अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण गर्दे छ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यस फिल्ममा कलाकारहरूको लाइनअप बलियो बनेको देखाइएको छ ।

यसको निर्माण पक्षले हालै यो फिल्मका लागि कलाकार विजय बराल र बुद्धि तामाङलाई अनुबन्धित गराएको छ । यस अघि फिल्मकालागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गराएको थियो ।

गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’ निर्माण हुनलागेको फिल्म अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनालको पनि अभिनय रहने छ ।

फिल्मको मुख्य नायिकामा अञ्जना बराइली छिन् भने बालकलाकारमा जान्भि पौडेल र स्वायम केसीको अभिनय रहने भएको छ ।

फिल्ममा उनीहरुको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन । अहिलेसम्म अनुबन्धित भएका सबैकलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।

यही साता भित्र छायांकनमा जाने तयारी रहेको यस फिल्मलाई सरोज पौडेलले निर्देशन गर्दै छन् । फिल्ममा उनकै लेखक रहेको छ ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।

यो फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।