आलियाको जिग्रा बक्स अफिसमा फ्लप, जान्नुहोस् अहिलेसम्मको कलेक्शन
काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘जिगरा’ बक्स अफिसमा फ्लप भएको छ । ८० करोड लागत बनेको सिनेमाको सुरुवात निकै खराब रह्यो ।
प्रदर्शनको सुरुवाती दिनमा यो सिनेमाले ४ करोड ५५ लाख भारु मात्रै संकलन भएको थियो भने दर्शक नपाएका कारण धेरै सहरमा यसका शो रद्द समेत भएका थिए ।
तर, दोस्रो दिनको व्यापारमा भने केही सुधार देखिएको थियो । दोस्रो दिन चलचित्रले ६ करोड ५५ लाखको व्यापार गर्यो । योसँगै तेस्रो दिनमा ५.५ करोड रुपैयाँ थपियो । चौथो दिन ‘जिगरा’ को कमाईमा ७० प्रतिशत कमी आएको थियो जसका कारण बक्स अफिसबाट १ करोड ६५ लाख मात्रै कमायो । पाँचौं दिनको कलेक्सनको कुरा गर्दा यसले १.६ करोडको व्यापार गरेको थियो ।
छैटौं दिन ‘जिग्रा’ले एक करोड ३५ लाख, सातौं दिन एक करोड २५ लाख कमाएको थियो । कमजोर प्रदर्शनका कारण ‘जिगरा’ले पहिलो साता २२.४५ करोडको आँकडा मात्रै छुन सके ।
यो सिनेमालेले आठौं दिन बक्स अफिसबाट १.१५ करोड, नवौँ दिन १.७ करोड र दशौँ दिन अर्थात् दोस्रो साताको अन्त्यमा १.९ करोड कमाएको थियो । एघारौं दिन यसले लाखको आँकडा पार गरेको छ । यस दिन ‘जिगरा’ ले ६८.४२ प्रतिशतले घटेर बक्स अफिसबाट ६० लाख कमाई गर्यो । बाह्रौं दिन ५५ लाख, १३ औँ दिन ५१ लाख थपियो ।
‘जिग्रा’ले १४औं दिनमा अहिलेसम्म ३२ लाखको व्यापार गरेको छ । योसँगै सिनेमाले हालसम्म जम्मा २९.१८ करोड भारु कलेक्सन गरिसकेको छ ।
आलियाले ‘जिग्रा’को लागि १० करोडमाथि पारिश्रमिक लिएकी थिइन् । यो सिनेमा बक्स अफिसमा असफल भएपछि निर्देशकले जिम्मेवारी लिएका छन् ।
रिलिजको संघारमा आइपुग्दा यो चलचित्र एकपछि अर्को विवाद जोडिँदै गएको थियो । जसले सिनेमाको माहोल नै विगार्यो । विशेषगरी यसका निर्देशक वासन बालाले एक अन्तर्वार्तामा दिएको अभिव्यक्ति घातक बन्यो । उनले ‘जिग्रा’को स्क्रिप्ट आलियालाई सोचेर नलेखेको तर निर्माता करण जोहरले आफ्नो अनुमति बिना आलियालाई स्क्रिप्ट पठाएको खुलासा गरेका थिए ।
अर्कोतिर बलिउड अभिनेत्री दिव्या खोसला (टी-सीरीजका प्रमुख भूषण कुमारकी श्रीमती)ले ‘जिग्रा’लाई आफ्नो चलचित्र ‘सावी’को कपी रहेको आरोप लगाएकी थिइन् ।
दिव्या र करण आमने सामने, ‘सावी’को कथा चोरी गरेर ‘जिग्रा’ बनाएको आरोप