ऐश्वर्या र अभिषेकको सम्बन्धमा दरारको हल्लाकाबीच निम्रत कौरसँग अफेयरको चर्चा
काठमाडौं । केही समय अघिदेखि बलिउड अभिनेता अभिषेक बच्चन र उनकी पत्नी अभिनेत्री ऐश्वर्या रायबीचको सम्बन्धमा दरार आएको खबरले भारतीय मिडिया तताएको छ । भनिन्छ, ऐश्वर्या बच्चन पनि परिवारबाट अलग बस्दै आएकी छिन् ।
ऐश्वर्यासँगको कुनै पनि अवार्ड समारोह वा पारिवारिक पार्टीमा अभिषेकको अनुपस्थितिले पनि उनीहरुको सम्बन्धमा दरार आएको संकेत गर्छ । तथापि, अहिलेसम्म अभिषेक र ऐश्वर्याले यस्तो खबरमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा अभिषेक बच्चन र अभिनेत्री निम्रत कौर को नाम जोडिन थालेको छ, त्यो पनि अभिनेत्री ऐश्वर्यासँगको विवादको खबर भाइरल भइरहेको समयमा अभिषेकको अफेयरको हल्ला पनि फैलिएको छ।
अभिषेक बच्चन र निम्रत कौर सह-कलाकार थिए । दुवैले सन् २०२२ मा रिलिज भएको फिल्म दसविनीमा सँगै काम गरेका थिए । तुषार जलोटा निर्देशित चलचित्रमा निम्रतले अभिषेककी अन स्क्रिन पत्नीको भूमिका निभाएकी छिन् । तबदेखि उनीहरूको सम्बन्धलाई लिएर चर्चाहरू सुरु भएका छन् ।
अभिषेकले अफेयरको खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्, तर निम्रतले पहिलो पटक यस विषयमा आफ्नो प्रतिक्रिया जनाएकी छन् ।
निम्रत कौरले हालै टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा भनेकी छन्, ‘जे पनि गर्न सकिन्थ्यो । म जे गरूँ, मानिसहरू जे चाहन्छन् त्यही कुरा भन्नेछन् । म अफवाहमा ध्यान दिनु चाहन्न, काममा मात्र ध्यान केन्द्रित गर्न रुचाउँछु ।’
निम्रत कौर आफ्नो सफल बलिउड यात्राका लागि चर्चित छिन् । विशेष गरी, अक्षय कुमारको चलचित्र ‘एयरलिफ्ट’ बाट उनले लोकप्रियता पाएकी थिइन् । उनले यसअघि ‘पेडलर्स’ र ‘द लन्चबक्स’ जस्ता सिनेमाहरूमा पनि आफ्नो अभिनय कौशल देखाइसकेकी छन् ।
उनी हलिउड चलचित्र ‘वन नाइट विथ द किंग’ र ‘होमल्याण्ड-फाउन्डेशन’ जस्ता अमेरिकी कार्यक्रमहरूमा पनि देखा परिसकेकी छिन् । उनी पछिल्लो पटक सजनी शिन्देको भाइरल भिडियोमा देखिएकी थिइन् ।
हाल उनले ‘सेक्शन ८४’ चलचित्रको छायांकन पूरा गरेकी छिन्, जुन चाँडै रिलिज हुने छ ।