‘फेरी रेशम फिलिली’ले प्याकअप गर्यो पहिलो चरणको छायांकन
काठमाडौं । चलचित्र ‘फेरी रेशम फिलिली’को पहिलो चरणको छायांकन सकिएको छ। दशैंपछि सुरु गरिएको सिनेमाको पहिलो सेड्युल १२ दिनमा काठमाडौं र काभ्रेको पाँचखालमा छायांकन गरी सम्पन्न गरिएको हो ।
निर्माता रौनक विक्रम कडेलका अनुसार सिनेमाको दोस्रो चरणको छायांकन तिहारपछि कार्तिक २२ गते बारामा सुरु हुने जानकारी दिए । सिनेमाका केही दृश्यहरू चितवनमा छायांकन गरिने बताइएको छ ।
‘फेरी रेशम फिलिली’ २०७२ सालमा रिलिज भएको लोकप्रिय सिनेमा ‘रेशम फिलिली’को सिक्वेल हो । मुख्य भूमिकामा रहेका विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासियाले यस सिनेमालाई नयाँ उचाइमा पुर्याउने आशा गरिएको छ ।
यो सिक्वेलमा सुपुष्पा भट्टको प्रवेश भएको छ भने विनय र कामेश्वर अघिल्लो भागबाटै निरन्तर छन् । यस पटक सिनेमाको निर्देशन निरोज महर्जनले गरेका छन्, जुन अघिल्लो सिक्वेलमा प्रणव जोशीले निर्देशन गरेका थिए ।
सिनेमाको कलाकारहरूमा नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, र मेक्सम गौडेलको समेत अभिनय रहनेछ ।
रौनक विक्रम कँडेलको लगानी रहेको यस सिनेमामा कार्यकारी निर्माताको रूपमा सुरज बम ठकुरी तथा सह-निर्माताको रूपमा एनी थापा रहेका छन्।
‘फेरी रेशम फिलिली’ सिनेमा आट्र्स र वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भैरहेको छ । यस सिनेमामा सुसन प्रजापतीको छायांकन, पटकथा निरोज महर्जन र आकाश बरालले लेखेका छन् भने संगीतमा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन वाइवा, र दीपक शर्माको संगीत रहेको छ।