ललितपुरमा विदेशीका कला प्रदर्शनी
१६ कार्तिक २०८१, शुक्रबार
काठमाडौं । ललितपुरस्थित एक्यूब ग्यालरीमा दुई विदेशी कलाकारको आवासीय कला कार्यशाला भइरहेको छ । अक्टोबरभरि उनीहरुले ग्यालरीमा रहेर स्वतन्त्र रुपमा कला सिर्जना गर्ने अवसर पाएका हुन् ।
ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठका अनुसार अक्टोबर महिनाभर इरानका चित्रकार सोमायेह सादत मिराब्वासी र अस्ट्रियाका फोटोग्राफर अनिता फुचले कला सिर्जना गरिरहेका छन् ।
फुचले ‘शीर्षकविहीन’ शीर्षकको विचार भाव फोटोग्राफीमार्फत प्रस्तुत गरेका छन् भने मीराब्वासीले मनमोहक डिजिटल कला प्रस्तुत गरेका छन् ।
उनका सिर्जनामा अनौठो दृष्टिकोण प्रतिबिम्वित भएका ग्यालरीका प्रमुख श्रेष्ठले बताएका छन् । मिराब्वासीको कलामा जीवनको सुक्ष्मताभित्र पनि गहिरो अस्थित्व महसुस गराउन खोजिएको पाइन्छ ।
नेपाली कला र सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका उनीहरुले कला सिर्जना गरिरहेका हुन् ।