karsang
Close Me

चलचित्र ‘ह्रस्व दीर्घ’ जापानका विभिन्न शहरमा सोल्ड आउट

काठमाडौं । नेपाल र भारतका चर्चित कलाकारहरूको अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’को टिजर रिलिजसँगै अन्तर्राष्ट्रिय रूपमा माग बढेको छ ।

आगामी कार्तिक ३० गतेबाट नेपालमा प्रदर्शनको तयारीमा रहेको यो चलचित्र जापानका प्रमुख चौध शहर टोकियो, नारिता, नागोया, फुकुओका, ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता र ओकिनावा लगायतका १४ शहरमा सोल्ड आउट भएको छ ।

जापानका लागि प्रदर्शन अधिकार विटिकेएस इन्टरटेन्मेन्टले लिएको छ ।

‘ह्रस्व दीर्घ’को निर्देशन चन्द्र पन्तले गरेका हुन्, जसको यो पहिलो निर्देशन हो। भोजपुरी फिल्ममा निर्देशन अनुभव हासिल गरेका चन्द्र पन्तले द्वन्द्व निर्देशनमा समेत राम्रो पहिचान बनाइसकेका छन्।

यस चलचित्रमा दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम र सुनील वर्मा र नेपाली कलाकारहरू हरिहर अधिकारी, नीता ढुंगाना, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय छ ।

चलचित्रको कथा हरिहर अधिकारीको रहेको छ भने पटकथा तथा संवाद प्रतीक पौडेल, चन्द्र पन्त र हरिहर अधिकारीले लेखेका हुन् ।

नीता फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमाको छायांकन बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले गरेका छन् ।

यो चलचित्र नेपाली, हिन्दी, र तेलुगु तीन भाषामा रिलिज गरिने तयारीमा छ, जसले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा पु-याउने अपेक्षा गरिएको छ ।

चलचित्रको वितरणको जिम्म व्याङ्कटेस इन्टरटेनमेन्टले लिएको छ ।