चार हप्तामा ‘१२ गाउँ’को कलेक्सन साढे २५ करोड, आजबाट पाँचौँ हप्तामा प्रवेश

काठमाडौं । चलचित्र ‘१२ गाउँ’ले साढे २५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । चार हप्तामा ‘१२ गाउँ’ले साढे २५ करोड ग्रसकलेक्सन गरेको निर्माण पक्षले जनाएको छ ।

‘छक्का पञ्जा–५’ र ‘ज्वाइँ साब’सँगै रिलिज भएको चलचित्रले अरुलाई पछि पार्दै ग्रसकलेक्सन गरेको हो । ‘१२ गाउँ’ आजबाट प्रदर्शनको पाँचौं हप्तामा प्रवेश गरेको छ ।

‘१२ गाउँ’लाई विराज भट्टले निर्देशन गरेका छन् । ‘१२ गाउँ’बाट समीर भट्टसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले डेव्यु गरेका छन् ।

सिनेमामा बिराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।