karsang
Close Me

तेल भिसाको ट्रेलरले भन्छ– कल्पना गरेजस्तो सहज छैन अमेरिकामा नेपालीको जीवन

काठमाडौं । मंसिर ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आज एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा नेपाल र विदेशमा रहेको एक परिवारको कथा समेटिएको छ । नेपाल र अमेरिकामा रहेको एक परिवारका सदस्यले भोगेको समस्या ट्रेलरमा देखाइएको छ ।

नेपाल र परदेशमा दुईतिर परिवार रहँदाको समस्या, विदेश मोह, परिवार चलाउन विदेशमा नेपालीले भोग्नु पर्ने कठिनार्ई, कानुन नबुझ्दा भोग्नु परेको दुःखलाई ट्रेलरले समेटेको छ ।

नेपालमा बसेर कल्पना गरेजस्तो सहज छैन अमेरिका भन्ने कथा चलचित्रले भन्ने संकेत ट्रेलरले गरेको छ ।

ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् । शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘तेल भिसा’मा अभिनेता विपीन कार्की बृद्ध र जवानसहित दोहोरो भूमिकामा छन् ।

विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ ।

अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् ।