‘पूर्ण बहादुरको सारङ्गी’ इतिहास कोर्ने बाटोमा रहेको भन्दै पछि सर्यो ‘केटी हराएको सूचना’
काठमाडौं । चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ले प्रदर्शन मिति स्थगन गरेको छ । कात्तिक ३० गते प्रदर्शन हुने भनिएको चलचित्र अब उक्त मितिका नआने भएको छ ।
प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ इतिहास निर्माण गर्ने बाटोमा रहेको भन्दै ‘मिसिङ : केटी हराएको सूचना’ले प्रदर्शन मिति तत्कालका लागि स्थगन गरिएको जनाएको छ ।
अहिलेको अवस्थामा ‘पूर्ण बहादुरको सारङ्गी’लाई शो उपलब्ध गराउनुपर्ने ‘मिसिङ केटी हराएको सूचना’को निर्माणपक्षले जनाएको छ ।
‘मिसिङ : केटी हराएको सूचना’ दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको चलचित्र हो । यसमा सृष्टि श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा छन् ।
निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको सिनेमालाई अमर महर्जनले खिचेका छन् । उनी स्वयंम सिनेमाको निर्माता समेत हुन् ।
सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतको पनि अभिनय छ ।
नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन सिनेमाको कार्यकारी निर्माताको रुपमा रहेका छन् ।