karsang
Close Me

नायिका ऋचा र निर्देशक घिमिरेविरुद्ध ठगीको उजुरी

काठमाडौं । ठगी आरोपमा चलचित्र ‘तेल भिसा’का निर्देशक र निर्माता पक्राउ परेका छन् । निर्देशक शंकर घिमिरे र नायिका समेत रहेकी निर्मात्री ऋचा घिमिरेविरुद्ध ठगीविरुद्ध उजुरी परेको प्रहरीले बताएको छ ।

अमेरिका लगिदिन्छु भन्दै ठगी गरेको भन्दै पीडितले काठमाडौं प्रहरी परिसरमा उनीहरूविरुद्ध उजुरी परेको प्रहरीको भनाइ छ ।

अमेरिका लगिदिने भन्दै पैसा लिए पनि अमेरिका नलगेको, अमेरिका नलगेपछि पैसा फिर्ता माग्दा नदिएको भन्दै पीडितले उजुरी दिएको काठमाडौं प्रहरी परिसरका एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।

उजुरी परेसँगै अनुसन्धान सुरु भएको र अनुन्धानका आधारमा थप प्रक्रिया अगाडि बढाउने प्रहरीले बताएको छ । आवश्यक परे प्रहरीले उनीहरुलाई बोलाएर नै सोधपुछ गर्नसक्छ ।

ऋचा र शंकर दुवै लामो समयदेखि अमेरिका बस्दै आएका छन् । अमेरिकामा रहेका बेला उनीहरूले ‘तेस भिसा’ बनाएका हुन् । शंकर यो चलचित्रका लेखक तथा निर्देश हुन् । ऋचा निर्मात्री तथा अभिनेत्री हुन् । यो चलचित्र अमेरिकामा आधा र नेपालमा आधा छायांकन गरिएको छ ।

संयोग के छ भने यो चलचित्र नेपालीले अमेरिकामा पाएको÷पाउने दुःखको कथा उठान गरेको छ ।

‘तेल भिसा’ यही मंसिर ७ गते रिलिज हुँदैछ । यसका लागि अहिले शंकर र ऋचा नेपालमा छन् । उनीहरू चलचित्रको प्रचारमा हिँडिरहेका छन् । यो घटनाले सिनेमाको व्यापारमा असर पर्नसक्छ ।

‘तेल भिसा’मा अभिनेता विपीन कार्की, वर्षा राउत, पूजा चन्द, बुद्धि तामाङ, सुचित्रा उप्रेतीलगायत कलाकारको अभिनय छ ।

अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् ।