‘पूर्ण बहादुरको सारङ्गी’को १४ दिनको ग्रसकलेक्सन २७ करोड
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले २७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको गरेको छ । १४ दिनमा २७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता विनोद पौडेलले बताएका छन् ।
उनका अनुसार यो नेपालको मात्रै कलेक्सन हो । ओभरसिजको कलेक्सन सार्वजनिक हुन बाँकी नै छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ले १३ दिनको कलेक्सनबाटै ‘कबड्डी ४’को रेकर्ड तोड्दै नेपालको सबैभन्दा धेरै कलेक्सन गर्ने चलचित्र बनिसकेको छ ।
अहिले पनि ‘पूर्ण बहादुरको सारङ्गी’ ऐतिहासिक उच्च शोसहित प्रदर्शनरत छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्व समुदायको कथा उठान गरेको छ । छोराको प्रगतिका लागि बाबुले गर्ने संघर्ष यो चलचित्रको मुख्य कथा हो ।
सबै चलचित्रको रेकर्ड तोड्दै ‘पूर्ण बहादुरको सारङ्गी’ले बनायो धेरै कमाउने सिनेमाको रेकर्ड
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।
कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।